अब सगरमाथा चढ्नेले अनिवार्य रूपमा ‘ट्रयाकिङ चिप्स’ लगाउनु पर्ने

काठमाडौँ - सन् २०२४ माउन्ट एभरेष्ट सिजन अघि नेपालले नयाँ आवश्यकता घोषणा गरेको छ कि सबै आरोहीहरूले आफ्नो यात्रामा ट्रयाकिङ चिप्सहरू भाडामा लिनुपर्छ र प्रयोग गर्नुपर्छ । ‘प्रतिष्ठित कम्पनीहरूले पहिले नै प्रयोग गर्दै आएका थिए तर अब यो सबै पर्वतारोहीका लागि अनिवार्य भएको छ,’ नेपालको पर्यटन विभागका निर्देशक राकेश गुरुङले सीएनएनलाई भने । ‘यसले दुर्घटनाको घटनामा खोजी र उद्धार समय कटौती गर्नेछ ।’

उनका अनुसार अब त्यसका लागि सगरमाथा आरोहीहरूले चिप्सका लागि १० देखि १५ अमेरिकन डलर तिर्नु पर्नेछ, जुन तिनीहरूको ज्याकेटमा सिलाइने छ । आरोही फर्किएपछि चिप्स हटाइने र सरकारलाई फिर्ता दिइनेछ भने सो चिप्स त्यसपछि अर्को व्यक्तिको लागि प्रयोग गरिने गरी ब्यवस्था मिलाइएको छ ।