पूर्वमुख्यमन्त्री राजेन्द्र पाण्डेलाई ऋण तिर्न लालीगुरासँग सहकारीको २१ दिने अल्टिमेटम

काठमाडौँ - बागमती प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेलाई लालीगुरासँग सहकारीले ऋण तिर्न २१ दिने अल्टिमेटम दिएको छ । एकीकृत समाजवादी पार्टीका केन्द्रीय उपाध्यक्ष रहेका पाण्डे बहालवाला सांसद हुन् ।

नेपाल स्वास्थ्य सेवा सहकारी संस्थाले लिएको ऋण नतिरेपछि श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाले सहकारीबाट लिएको कर्जा २१ दिनभित्र नतिरेको खण्डका पाण्डको समेत सम्पत्ति लिलामी हुने भएको छ । पाण्डे अध्यक्ष हुँदा सहकारीबाट ऋण लिएका थिए ।

स्वयम्भुमा रहेको नेपाल स्वास्थ्य सेवा सहकारी संस्थाले सहकारी संस्थाबाट संस्थागत प्रयोजनको लागि लिएको कर्जाको सम्झौताअनुसार बुझाउनु पर्ने साँवा, ब्याज र अन्य दस्तुर नतिरेको भन्दै तत्काल तिर्न २१ दिने सार्वजनिक सूचना निकालेको छ ।

संस्थाको सम्पुर्ण लेना रकम चुक्ता गर्न पटक पटक मौखिक तथा लिखितरुपमा तर ताकेता गर्दा समेत संस्थाको कर्जा चुक्ता गर्नेतर्फ कुनै चासो नदेखाई बेवास्ता गरेको सहकारीको गुनासो छ ।