मन्त्रिपरिषद बैठक सिंहदरबारमा जारी

काठमाडौँ - मन्त्रिपरिषद बैठक सिंहदरबारमा जारी छ । सोमबार विहान बसेको मन्त्रिपरिषद बैठकले  ललितपुरको बालकुमारी घटनाको छानबिन गर्न पूर्व न्यायाधीशको अध्यक्षतामा उच्‍चस्तरीय न्यायिक आयोग गठन गर्ने छ । गठन भएपछि आजैदेखि आयोगले कार्य प्रारम्भ गर्ने छ ।

आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृह मन्त्रालयलाई उच्चस्तरीय छानबिन आयोग गठनसम्बन्धी प्रस्ताव ल्याउन निर्देशन दिएका थिए ।
यसअघि घटना भएकै दिन पुस १३ गते प्रहरी नायव महानिरीक्षक लालमणि आचार्यको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति गठन भएको थियो । तर उक्त छानबिन समितिप्रति मृतकका परिवारले असन्तुष्टि जनाउँदै शव नबुझ्ने अडान राख्दै आएका छन् ।