काठमाडौं । प्यालेस्टाइन शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसङ्घीय राहत र कार्य एजेन्सी (युएनआरडब्लुए) ले गाजामा १० लाख बालबालिका रहेको पुष्टि गर्दै गाजाको कुनै पनि ठाँउ उनीहरुका लागि सुरक्षित नभएको जनाएको छ । इजरायली सेनाले अन्तराष्ट्रिय कानुन र बालअधिकारको प्रवाह नगरी गाजामा सुतिरहेको समयमा बालबालिकाहरूलाई अन्याय पुर्वक हत्या गरेको युएनआरडब्लुएले उल्लेख गरेको छ ।