एभरेस्ट बेसक्याम्पमा ड्रोन उडान स्थगित, अनुमति दायराभन्दा बाहिर गएको गृहको आशंका

काठमाडौं । गृह मन्त्रालयले एभरेस्ट बेस क्याम्प(सगरमाथा आधार शिविर क्षेत्र)मा एयर लिफ्ट टेक्नोलोजी कम्पनीको ड्रोन उडान अनुमति रोकेको छ । गत बिहीबार मन्त्रालयले जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुलाईलाई पत्र लेख्दै एयर लिफ्ट कम्पनीको फ्रि–फ्लाई अल्ट्रा एक्स जेन–२ क्याटागोरी ‘सी’ मोडलको ड्रोन उडान अनुमति रोक्न निर्देशन दिएको हो ।