क्वान्टम मेकानिकल टनेलिङमा योगदानका लागि तीन वैज्ञानिकले पाए य वर्षको भौतिकशास्त्रको नोबेल पुरस्कार

काठमाडौं । जोन क्लार्क, मिशेल एच.डेभरेट र जोन एम.मार्टिनिसले क्वान्टम मेकानिकल टनेलिङमा अग्रगामी अनुसन्धानका लागि यस वर्षको भौतिकशास्त्रको नोबेल पुरस्कार प्राप्त गरेका छन् । क्लार्कले क्यालिफोर्निया विश्वविद्यालय, बर्कलेमा आफ्नो अनुसन्धान गरेका थिए । मार्टिनिसले पनि क्यालिफोर्निया विश्वविद्यालय, सान्ता बार्बरामा र डेभरेटले येल विश्वविद्यालय र सान्ता बार्बरामा काम गरेका थिए ।