काठमाडौंका नदी करिडोरमा कस्तो छ विपद्–जोखिम न्यूनीकरणको तयारी?

काठमाडौं । शनिबार साँझ बल्खुस्थित बागमती नदी किनारका बस्तीमा बाढी पसेको छ । कुलेश्वर क्षेत्रको सुकुम्वासी बस्ती साँझ डुवानमा परेसँगै डुंगाको सहायताले उद्दार कार्य जारी छ । उपत्यकाको सम्भावित जोखिमलाई मध्यनजर गरी त्यहाँबाट मानिसलाई सुरक्षित स्थलतर्फ स्थानान्तरण गर्ने कार्यलाई स्थानीय तहर संघले तीव्र पारेको छ ।