मुस्ताङ। नेपाल–चीन उत्तरी कोरलानाकास्थित न्हेचुङ भन्सार कार्यालयले दुई साताको अवधिमा रु दुई अर्ब दुई करोड ९६ लाख २९ हजार राजस्व सङ्कलन गरेको छ । गत ३१ भदौमा पूर्णरुपमा सञ्चालनमा आएको यहाँको कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयले मङ्गलबार बिहानसम्म उक्त राजस्व सङ्कलन गरेको हो ।