वेस्ट इन्डिज र नेपालबीचको अन्तिम खेल आज हुँदै

काठमाडौं । दुईपटकको विश्वकप विजेता वेस्ट इन्डिज र नेपालबीचको टी– २० सिरिज युनिटी कपअन्तर्गत अन्तिम खेल आज हुँदैछ । खेल आज राति सवा ८ बजे यूएईस्थित शाहजाह क्रिकेट स्टेडियममा हुनेछ । नेपालले सिरिजको उपाधि जितिसकेको छ ।