“रगतदान जीवनदान हो” भन्ने नारासहित हाम्रो दिगो बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १६औँ स्थापना दिवसलाई विशेष रूपमा मनाएको छ । सहकारीले स्थापना दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममार्फत ४३ पोइन्ट रगत संकलन भएको सहकारीका अध्यक्ष सुरेन्द्र पाण्डेले जानकारी दिनुभयो ।