काठमाडौं। दक्षिण एशियामा ई–कमर्श उद्योगको अग्रणी कम्पनी दराजले दराज फ्युचर लिडर्स प्रोग्राम २०२५ को औपचारिक सुरुवातको घोषणा गरेको छ। नेपाल, पाकिस्तान, बंगलादेश र श्रीलंकामा एकैसाथ सञ्चालन गरिने यो कार्यक्रम युवा प्रतिभाहरूलाई डिजिटल उद्योगमा नेतृत्वदायी भूमिकामा सक्षम बनाउने उद्देश्यले तयार गरिएको हो।