पर्यटकीय गन्तव्य बन्दै बन्दीपुर, एकै वर्ष दुई लाखले गरे भ्रमण

दमौली। विक्रम संवत् २०८१ मा दुई लाख पर्यटकले बन्दीपुर भ्रमण गरेका छन् । दुई लाख दश हजार पर्यटकले बन्दीपुर भ्रमण गरेका बन्दीपुर भ्रमण वर्ष सचिवालयले जनाएको छ । उक्त अवधिमा ६० हजार विदेशी पर्यटक र एक लाख ५० हजार स्वदेशी पर्यटक आएका हुन् ।