ताप्लेजुङ, २८ साउन । चर्च ब्वाइज क्लब ललितपुर यहाँ जारी तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । द यङ ब्रदर्स इटहरीलाई टाइब्रेकरमार्फत् ३–१ गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइज फाइनलमा प्रवेश गरेको हो । खेलको ७७औँ मिनेटमा द यङ ब्रदर्स क्लब इटहरीका प्रवेश बस्नेतले पहिलो गोल गरेका थिए ।