सुनको मूल्य हालसम्मकै उच्च

काठमाडौँ, २३ साउन । सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि तय गरेको मूल्यअनुसार सुनको मूल्य प्रतितोला एक लाख ९९ हजार ४०० रूपैयाँ पुगेको छ ।