रामेछाप, २३ साउन । रामेछापका साथै दोलखा, ओखलढुङ्गा र सोलुखुम्बुका केही भागलाई राजधानी काठमाडौँसँग छोटो दुरीमा जोड्ने सडकको खुर्कोटमा जडान गरिएको बेलिब्रिजको मर्मत कार्य नेपाली सेनाले सुरु गरेको छ । पुलमा लचकपन देखिनु, नटबोल्ट खुकुलो हुनु र पाता हल्लिन थालेपछि बिहीबारदेखि मर्मत कार्य अघि बढाइएको हो ।