सप्तरीको पातोबाट ३९६ किलो गाँजा बरामद

सप्तरी, २३ साउन । सप्तरी जिल्लाको डाक्नेश्वरी नगरपालिका–५ पातोस्थित महादेवा टोलबाट ठुलो परिमाणमा लागुऔषध गाँजा बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतका अनुसार नहर छेउमा रहेको धान खेत तथा बाँसघारीमा बेवारिसे अवस्थामा राखिएको ३९६ किलो गाँजा बरामद गरिएको हो ।