बूढीगण्डकी आयोजनालाई चाँडो अगाडि बढाउनुपर्छ : मन्त्री खडका

काठमाडौँ, २३ साउन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको कामलाई चाँडो अगाडि बढाउनुपर्ने बताउनुभएको छ । बूढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) इञ्जिनियर अरुण रजौरियाको शपथ समारोहमा मन्त्री खड्काले बूढीगण्डकी जलविद्युत् आयोजनालाई चाँडोे अगाडि बढाउन लाग्नुपर्ने बताउनुभएको हो ।