समाजवाद उन्मुख अर्थतन्त्रका निम्ति आत्मनिर्भर अर्थतन्त्रको विकास अपरिहार्य छ : माधव नेपाल

काठमाडौँ, २३ साउन । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाजवाद उन्मुख अर्थतन्त्रका निम्ति दिगो तथा आत्मनिर्भर अर्थतन्त्रको विकास अपरिहार्य रहेको बताउनुभएको छ । पार्टी निकट उद्योगी व्यवसायीहरूको अधिवेशनको शुभारम्भ गर्दै उहाँले मुलुकका निम्ति आवश्यक औद्योगिक उत्पादनले मात्र आत्मनिर्भर अर्थतन्त्रको विकास गर्न सकिने बताउनुभयो ।