जमुना वर्षा शर्मा पोखरा, २३ साउन । कोरोना महामारीले विश्व आक्रान्त थियो । बन्दाबन्दी (लकडाउन)का कारण विश्वको अर्थतन्त्र सुस्ताउँदो थियो भने अवसरहरु खुम्चिँदै थिए । विदेशी पर्यटकले सधै गुल्जार हुने पर्यटकीय नगरी पोखरा सुनसान बनेको थियो । लम्बिँदै गएको लकडाउनका कारण मानिसहरुमा निराशा बढ्दो थियो ।