संविधानले आदिवासी जनजातिलाई दिएको अधिकार संरक्षण गरेर अगाडि बढ्नुपर्छः कार्यवाहक प्रधानमन्त्री सिंह

काठमाडौँ, २३ साउन । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले संविधानले आदिवासी जनजातिलाई दिएको अधिकार संरक्षण गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको छ । ३१औँ विश्व आदिवासी दिवसका अवसरमा नेपाली कांग्रेस निकट नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घले आयोजना गरेको कार्यक्रममा उहाँले संविधानले आदिवासी जनजातिलाई धेरै अधिकार दिएकाले यसको संरक्षण गरेर अगाडि बढ्नुपर्ने बताउनुभएको हो ।