मेलम्चीमा ‘एक जिल्ला, एक स्वस्थ शहर’ कार्यक्रम सम्पन्न

मेलम्ची । “एक जिल्ला, एक स्वस्थ शहर” कार्यक्रम अन्तर्गत मेलम्ची नगरपालिका स्तरीय समिति बैठक तथा अभिमुखीकरण कार्यक्रम आज मेलम्ची नगरपालिकामा सम्पन्न भएको छ । नगर प्रमुख आइतमान तामाङ को अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो ।