सामुदायिक विद्यालय र अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा कडाइ  

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले खाद्य स्वच्छता कायम गराउन खाद्य व्यावसायीलाई क्षमता विकासका कार्यक्रम र अनुगमनलाई एकसाथ अगाडि बढाएको छ । यस क्रममा महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले सामुदायिक विद्यालयका क्यान्टिन र अस्पतालका क्यान्टिनहरुमा अनुगमन गरिरहेको छ ।