काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शार्दुलजंग गुल्मलाई आगलागी नियन्त्रणका लागि आवश्यक पर्ने साधन तथा उपकरण प्रदान गरेको छ । आज गुल्म परिसरमा आयोजित समारोहमा महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले, गुल्मपति सुमित राज मल्ललाई सामग्री तथा उपकरण हस्तान्तरण गर्नुभएको हो ।