दक्षिण अफ्रिकाका लागि पूर्वराजदूत तथा सामाजिक ‘न्याय अभियन्ता’ डा.निर्मल विश्वकर्मा पछिल्लो समय समावेशीकरणका मुद्दामा त्रहस पैरवी गर्दै आइरहनुभएको छ । विशेषगरी दलित समुदायको एकता र सशक्तीकरणका सवालमा आवाज उठाउँदै आउनुभएका डा.विश्वकर्माकै अगुवाइमा हालै प्रथम राष्ट्रिय दलित गोलमेच सम्मेलनको पनि आयोजना गरिएको छ ।