एसियामा दशककै ठूलो विपत्, संयुक्त राष्ट्रसङ्घ सहयोगमा सक्रिय

काठमाडाैँ । दक्षिण र दक्षिणपूर्व एसियाका विभिन्न देशहरूमा आएको भीषण बाढी र पहिरोका कारण एक हजार ५०० भन्दा बढी मानिसले ज्यान गुमाएका छन् भने करिब एक करोड १० लाख मानिस प्रभावित भएका छन् । यस्तो कठिन परिस्थितिमा संयुक्त राष्ट्रसङ्घले ती देशहरूको सरकारसँग नजिकबाट समन्वय गर्दै राहत तथा उद्धारमा निरन्तर सहयोग गरिरहेको संयुक्त राष्ट्र महासचिवका प्रवक्ता स्टेफान दुजारिकले जानकारी दिए । उनका अनुसार श्रीलङ्कामा संयुक्त राष्ट्रसङ्घ र साझेदार संस्थाहरूले सरकार नेतृत्वको उद्धार र क्षति मूल्याङ्कनमा सक्रिय साथ दिएका छन् ।