काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकले इलामका बाढी–पहिरो प्रभावित परिवारहरूलाई न्यानो कपडा वितरण गरेको छ। मंसिर १५ गते आयोजित अलग–अलग कार्यक्रममा इलामको सूर्योदय नगरपालिका र इलाम नगरपालिकाका प्रभावित नागरिकका लागि न्यानो कपडा हस्तान्तरण गरिएको बैंकले जनाएको छ। कार्यक्रममा बैंककी मार्केटिङ विभाग प्रमुख अर्पणा बज्राचार्यले सूर्योदय नगरपालिकाका मेयर रणबहादुर राई र इलाम नगरपालिकाका मेयर केदार थापालाई न्यानो कपडा हस्तान्तरण गरिन्। सूर्योदय नगरपालिकाका प्रभावितका लागि बैंकको तर्फबाट ३५० वटा नयाँ ज्याकेट तथा दाताहरूबाट संकलित ७ बोरा न्यानो कपडा प्रदान गरिएको छ।