काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले कामना सेवा विकास बैंकलाई ९ प्रतिशत लाभांश दर तोकिएको रु. १०० अंकित ३५ लाख कित्ता अविमोच्य असञ्चिती अग्राधिकार शेयर निष्कासन गर्न अनुमति प्रदान गरेको छ। विकास बैंकको १८ औं वार्षिक साधारणसभाबाट अग्राधिकार शेयर जारी गर्ने प्रस्ताव पारित भई नेपाल राष्ट्र बैंकको स्वीकृति लिएपछि सेबोनमा स्वीकृतिका लागि पेश गरिएको थियो। बोर्डले प्रस्ताव समीक्षा गरी शेयर निष्कासनका लागि अनुमति प्रदान गरेको हो। बैंकका अनुसार, अग्राधिकार शेयर निष्कासनपछि बैंकको पूँजी संरचना थप सुदृढ हुने, पुँजीकोष वृद्धि हुने र व्यवसाय विस्तारका अवसर बढ्ने छन्।