एनआईसी एशिया बैंक र एनसीएचएलबीच डोमेस्टिक कार्ड स्किम ‘नेपाल पे’का लागि प्रिन्सिपल मेम्बरसिप सम्झौता

काठमाडौँ । एनआईसी एशिया बैंक र नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) बीच एनपीएस–एनसीएस तथा डोमेस्टिक कार्ड स्किमको प्रिन्सिपल मेम्बरसिपका लागि औपचारिक सम्झौता भएकाे छ। सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन्। एनसीएचएलले हालै नेपाल पे कार्ड सञ्चालनका लागि आवश्यक पूर्वाधार तयार भएको घोषणा गर्दै बैंक तथा वित्तीय संस्थाहरुलाई आफ्ना स्विचहरू इन्टिग्रेट गर्न आह्वान गरेपछि विभिन्न बैंक तथा एफआईहरूले नेपाल पेमा आवद्ध हुने प्रक्रिया तीव्र पारेका छन्।