काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले तरलता व्यवस्थापन हुन नसक्नु नै देशको अर्थतन्त्रको मुख्य समस्या बनेको बताएका छन्। सेजन (नेपाल आर्थिक पत्रकार समाज) को २९औँ वार्षिक साधारण सभामा बोल्दै उनले तरलता अभावका कारण आर्थिक गतिविधि सुस्त भएको र यसको ‘साइड इफेक्ट’ क्रमशः देखिएको बताए। गभर्नर पौडेलका अनुसार, तरलता व्यवस्थापनको समस्याले बैंकहरूको नाफामा प्रत्यक्ष असर पारेको छ भने कर्जा प्रवाहमा बाधा पुगेको छ, जसका कारण आर्थिक क्रियाकलापले गति लिन सकेको छैन।