काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड नयाँ बोनस दर सार्वजनिक गर्ने पहिलो कम्पनी बनेको छ। कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा मुनाफामा सरिक हुने सम्पूर्ण जीवन बीमालेखहरूका लागि नयाँ बोनस दर लागू गर्ने निर्णय गरेको हो। कम्पनीले नेपाल बीमा प्राधिकरणबाट आर्थिक वर्ष २०८१/८२ को बीमाङ्कीय मूल्यांकन प्रतिवेदन मंसिर १४ गते स्वीकृत गराएपछि प्रतिहजार बीमांकमा लाग्ने बोनस दर सार्वजनिक गरेको हो। नयाँ दर २५ रुपैयाँदेखि ८० रुपैयाँसम्म रहनेछ।