नेपालमा व्यवासाय गर्ने सबैले नेपालको कानुन मान्नुपर्छ : पृथ्वीसुब्बा गुरुङ

काठमाडौँ, १५ मङ्सिर । नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले नेपालमा दर्ता नभएका मेटा (फेसबुक) लगायतका सामाजिक सञ्जाल फेरि बन्द गर्नुपर्ने बताउनुभएको छ । प्रेस चौतारी नेपालले नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन तथा समसामयिक राष्ट्रिय राजनीतिका सन्दर्भमा गरेको संवाद कार्यक्रममा बोल्दै उहाँले नेपालमा व्यवसाय गर्ने सबैले नेपालको कानुन मान्नुपर्ने बताउनुभयो ।