गुल्सनको आक्रामक ब्याटिङमा कर्णालीले काठमान्डुलाई दियो १५० रनको लक्ष्य

काठमाडौं । गुल्सन झाले आक्रामक ब्याटिङ गर्दै अविजित ४९ रन बनाएपछि कर्णाली याक्सले सिद्धार्थ बैँक नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमान्डु गोर्खाजलाई १५० रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रियम मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ७ विकेट गुमाएर १४९ रन बनाएको हो । कर्णालीका लागि सातौं नम्बरमा ब्याटिङ गरेका गुल्सनले २२ बल खेल्दै ६ चौका र ३ छक्का प्रहार गर्दै अविजित ४९ रन जोडे । अन्तिम ३ बल नन्दन यादवले खेल्दा गुल्सन अर्धशतक जोड्नबाट बन्चित भए ।