प्रभु बैंकको कार्यबाहक सीइओमा निरज लम्साल नियुक्त

काठमाडौं। प्रभु बैंकको संचालक बोर्डले प्रभु बैंकको कार्यबाहक सिईओको जिम्मेवारीमा निरज लम्साललाई नियुक्त गरेको छ। आइतबार नेपाल प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरो ले सिइओ अशोक शेरचनसहित ३जनालाई अनुसन्धानको लागि पक्राउ गरेको छ। बैंकका सम्पूर्ण सेवा तथा कारोबारहरू देशभरका शाखाबाट नियमित, निर्वाध तथा प्रभावकारी रूपमा सञ्चालन भईरहेको बैंकको दाबी छ।