वर्तमान सरकार अवैधानिक तरिकाले लोकतन्त्रको विरुद्ध निर्माण भयो : ओली

काठमाडौँ, ६ मङ्सिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार अवैधानिक तरिकाले लोकतन्त्रको विरुद्धमा निर्माण भएको बताउनुभएको छ । शनिबार भृकुटीमण्डपमा आयोजित जनसभालाई सम्बोधन गर्दै उहाँले यो सरकार हिंसा, अशान्ति, आगजनी, तोडफोड र लुटपाटबाट बनाइएको भन्दै यसलाई संविधानले कुनै हालतमा उचित भन्न नसक्ने बताउनुभयो ।