प्रहरीले माग्यो एक सय ४५ जना कर्मचारी

काठमाडौँ । नेपाल प्रहरीले कार्यालय सहयोगी पदमा १४५ जना कर्मचारी माग गरेको छ । कार्यालय सहयोगी पदमा पदपूर्तिका लागि प्रहरी प्रधान कार्यालयले यसअघि आह्वान गरेको विज्ञापनमा संख्या थप गरेको हो । प्रहरीले भान्छेतर्फ ११७ जना र कुचीकारतर्फ २८ जनाका लागि दरखास्त आह्वान गरेको छ ।