पर्यटन प्रवर्द्धनका लागि छैटौँ बन्दीपुर महोत्सव

दमौली ।पर्यटकीय नगरी बन्दीपुरको प्रचारप्रसार र बन्दीपुर भ्रमण वर्ष २०२५ का अवसरमा यही मङ्सिर १० गतेदेखि २१ गतेसम्म छैटौँ बन्दीपुर महोत्सव आयोजना हुने भएको छ । तनहुँ उद्योग वाणिज्य सङ्घ बन्दीपुर बजार इकाइ समितिको आयोजनामा टुँडिखेलमा महोत्सव सञ्चालन हुनेछ ।