गरिमा रोड रेस–२०८२ सफलतापूर्वक सम्पन्न, हजार भन्दा बढी धावकको सहभागिता

काठमाडाैं । गरिमा विकास बैंक लिमिटेडले आफ्नो १९औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको ‘गरिमा रोड रेस–२०८२’ आज शनिबार उत्कृष्ट सहभागितासहित सफलतापूर्वक सम्पन्न भएको छ। “स्वस्थ जीवनशैलीका लागि खेलकूद” भन्ने नारासहित दोस्रो संस्करणमा आयोजित प्रतियोगितामा खुला, कर्पोरेट र भेट्रान गरी महिलातर्फ र पुरुषतर्फ गरी ६ वटा श्रेणीमा प्रतिस्पर्धा गरिएको थियो।