मिडियाको अन्तराष्ट्रिय संस्था जिएफएमडीको उपाध्यक्षमा पहिलोपटक नेपाली निर्वाचित

काठमाडौं । ग्लोबल फोरम फर मिडिया डेभलपमेन्ट जिएफ़एमडी ले नेपालका प्रतिष्ठित मिडिया अधिकारकर्मी लक्ष्मणदत्त पन्तलाई उपाध्यक्षमा निर्वाचित गरेको छ। यससँगै विश्व मञ्चमा नेपालको मिडिया क्षेत्रका लागि एक महत्वपूर्ण उपलब्धि स्थापित भएको छ।