काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी सजिलो नेट र एभरेष्ट इन्जिनियरिङ कलेजबिच सहकार्य गर्ने सम्झौता भएको छ । बिहीबार एक समारोहबिच दुई पक्षले समझदारीपत्रमा हस्ताक्षर गरे । शिक्षालाई प्रविधिसँग जोड्ने उद्देश्यसहित गरिएको उक्त समझदारी पत्रमा सजिलो नेटका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईआ) सतिश कार्की र क्याम्पसका तर्फबाट प्रमुख प्रा.डा. हरिकृष्ण श्रेष्ठले हस्ताक्षर गरे ।