काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका १७ जिल्लामा रहेका अस्थायी गुल्म, ४५ वटा प्रस्तावित सीमा सुरक्षा गुल्म र २१५ वटा बिओपी स्थायी हुने भएका छन् । सङ्गठनले हालै गरेको सङ्गठन तथा व्यवस्थापन (ओएण्डएम) सर्वेक्षण मन्त्रिपरिषद्बाट स्वीकृत भएसँगै यी कार्यालय स्थायी हुने भएका हुन् ।