काठमाडौं । आयु इन्टरटेन्मेन्ट लिमिटेडले आईपिओ निष्काशन गर्ने भएको छ । सोही प्रयोजनार्थ कम्पनीले आईपियो निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीले पर्यटकीय नगरी पोखरामा रहेको फिस्टेल ड्रिम पार्कको सर्वसाधारणलाई जारी पूँजीको २० प्रतिशतका दरले प्रति शेयर निष्कासन गर्न लागेको हो ।