काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्ले आगामी फागुननमा हुने प्रतिनिधिसभा निर्वाचनमा सेना परिचालन गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । बिहीबार सिंहदरबारमा बसेको राष्ट्रिय सुरक्षा परिषद्को ४१औँ बैठकले आगामी फागुन २१ गते हुने निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सेना परिचालन गर्ने निर्णय गरेको हो ।