काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री एवं प्रतिनिधिसभा सांसद धवलशमशेर जबरा हाजिरी जमानीमा रिहा भएका छन् । आइतबार राति उनलाई रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । जबरालाई उपचारका निम्ति सरकारी वकिल कार्यालयको सहमतिमा हाजिरी जमानीमा परिवारको जिम्मा लगाइएको थियो ।