रिद्धि सिद्धि सिमेन्टद्वारा ‘मकवानपुर स्मार्ट स्टुडेन्ट अफ द इयर २०८०’ की विजेता अंशु कुमारीलाई ल्यापटप प्रदान

काठमाडैं । रिद्धि सिद्धि सिमेन्ट लिमिटेडले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत मकवानपुर जिल्लालाई लक्षित गरी सञ्चालन गरेको “मकवानपुर स्मार्ट स्टुडेन्ट अफ द इयर २०८०” कार्यक्रमअन्तर्गत उत्कृष्ट विद्यार्थीमध्ये कक्षा ११ र १२ को औसत ग्रेडमा सबैभन्दा उच्च जीपीए प्राप्त गर्ने सुश्री अंशु कुमारीलाई ल्यापटप प्रदान गरेको छ। कम्पनीका अनुसार कक्षा ११ र १२ मा सबैभन्दा उत्कृष्ट शैक्षिक प्रदर्शन गर्ने विद्यार्थीलाई ल्यापटप प्रदान गर्ने प्रतिबद्धता गरिएको थियो। यस पहलको उद्देश्य विद्यार्थीहरूलाई अध्ययनमा उत्कृष्टता हासिल गर्न प्रेरित गर्नुका साथै उनीहरूको भविष्यमा शैक्षिक अवसरहरू थप सुदृढ बनाउनु रहेको कम्पनीले जनाएको छ।