काठमाडौँ। एनसेल फाउन्डेसनले यस वर्ष पनि आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ का खेलहरूमा हानिने प्रत्येक चौका सँग जोडेर ग्रामीण तथा दुर्गम क्षेत्रका सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई ४ वटा शैक्षिक सामग्री प्रदान गर्ने घोषणा गरेको छ। गत वर्ष एनपीएलसँगको सहकार्यबाट २,६१२ विद्यार्थी लाभान्वित भएका थिए। उक्त सिजनमा जम्मा ६५३ चौका हानिएका थिए, जसअनुसार विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको थियो। एनसेलले यो अभियानमार्फत अहिलेसम्म ९,००० भन्दा बढी विद्यार्थीलाई अध्ययन सामाग्री उपलब्ध गराइसकेको छ।