काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा हिमालयन रिइन्स्योरेन्सले आफ्नो वित्तीय प्रदर्शन सुधार गर्दै खुद नाफामा ८.६ प्रतिशत वृद्धि गरेको छ। कम्पनीले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरणअनुसार असाेज मसान्तसम्म कम्पनीले २४ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत वर्षको यसै अवधिमा यो नाफा २२ करोड ६३ लाख रुपैयाँ थियो। यस्तै अवधि बाँध्यबीमा कारोबारमा समेत वृद्धि देखिएको छ। कम्पनीको खुद बीमाशुल्क आर्जन ९.३६ प्रतिशत बढेर १ अर्ब १ करोड १० लाख रुपैयाँ पुगेको छ। गत वर्षको यसै अवधिमा बीमाशुल्क आर्जन ९२ करोड ४४ लाख रुपैयाँ थियो।