काठमाडौं । चालु आर्थिक वर्षको असोज मसान्तसम्म सन नेपाल लाइफ इन्स्योरेन्सले २३ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार यो नाफा गत आवको तुलनामा ४४ प्रतिशतले वृद्धि भएको हो। गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले १६ करोड ६१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। बीमा कारोबारतर्फ भने केही घटावट देखिएको छ। गत आर्थिक वर्षको असोज मसान्तमा १ अर्ब १६ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको कम्पनीले समीक्षा अवधिमा १ अर्ब ८ करोड रुपैयाँ मात्र आर्जन गरेको छ।