काठमाडौँ । नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेड ८९ औं वर्षमा प्रवेश गरेको छ। आज कात्तिक ३० गते आइतबार बैंकले ८८ वर्ष पूरा गरी आधिकारिक रूपमा ८९ औं वर्षमा प्रवेश गरेको हो। वार्षिकोत्सवका अवसरमा बैंकले ग्राहक, शेयरधनी तथा सरोकारवालाप्रति हार्दिक आभार व्यक्त गर्दै शुभकामना प्रेषित गरेको छ। बैंकले आगामी दिनहरूमा अझ गुणस्तरीय र आधुनिक प्रविधिमैत्री बैंकिङ सेवा विस्तार गर्दै जाने प्रतिबद्धता बाहिर सार्वजनिक गरेको छ। वार्षिकोत्सवका अवसरमा बैंकका अध्यक्ष प्राडा डिल्लीराज शर्माले नेपाल बैंक नेपाली जनता र व्यवसायीहरूको विश्वासको धरोहरका रूपमा स्थापित रहँदै आएकाे उल्लेख गरे।