एनआईसी एशिया बैंकद्वारा ग्राहकलाई प्यान र ईमेल ठेगाना अद्यावधिक गर्न आग्रह

काठमाडौँ । लाखौं ग्राहकहरूबीच गतिशील बैंकिङ्ग सेवाको अभ्यास गरिरहेको एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) र ईमेल ठेगाना अद्यावधिक गर्न अनुरोध गरेको छ। बैंकका अनुसार ग्राहकको खाताबाट गरिएको करकट्टी विवरणलाई “आयकर ऐन, २०५८” बमोजिम नेपाल सरकारको अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभागद्वारा जारी स्थायी लेखा नम्बर प्रणालीमा आवद्ध गर्नुपर्ने भएकाले ग्राहकहरूले बैंकको पोर्टल panupdate.nicasiabank.com वा मोबाइल बैंकिङ्ग एपमा रहेको ‘PAN Update’ विकल्पमार्फत आफ्नो प्यान अद्यावधिक गर्न सक्ने व्यवस्था गरिएको छ।