काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडको १९औं वार्षिक साधारणसभा भोलि (कात्तिक २६ गते) बस्ने भएको छ। सभा काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान १० बजे सुरु हुने बैंकले जनाएको छ। सभामा बैंकले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत नगद लाभांश (करसहित) सेयरधनीहरूलाई वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सभामा सञ्चालक समितिका अध्यक्षले प्रस्तुत गर्ने वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहितको गत आर्थिक वर्षको वासलात, नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण स्वीकृत गर्नेछ।